माछापुच्छ्रे बैंकले ल्यायो ‘एम कार्ड’ सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन ‘एम कार्ड’ सुविधा सञ्चालनमा ल्याएको छ ।

यस सेवामार्फत् बैंकका ग्राहकले आफ्नो छनोटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध तस्बिरहरु जस्तै विभिन्न मन पर्ने स्थान, प्राकृतिक तथा ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्र वा आकृतिहरु अकिंत गरी सबन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन् ।

साथै कार्डमार्फत कार्डवाहकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात गर्न सक्ने छन् । यो सेवाले कार्डप्रयोगकर्तालाई पृथक अनुभुति जगाउने र नौलोपनको आभास दिलाउने अपेक्षा गरिएको छ ।

बैंकले हाल यो सेवालाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भए पनि भविष्यमा क्रेडिट कार्ड समेतमा लागू गर्ने बैंकको योजना रहेको छ । बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा हालै यो सेवा जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

‘हाम्रा ग्राहकहरुलाई नविन तथा व्यक्ति अनुकुलित बैकिङ समाधानहरु प्रदान गर्न प्रतिबद्ध छौं’, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने ‘एम कार्ड सेवा शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत राख्दै हाम्रा ग्राहकहरुलाई आफ्नो व्यक्तित्व तथा व्यक्तिगत रुची अभिरुचीहरु पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ ।’

माछापुच्छ्रे बैंक ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्न निरन्तर अग्रसर छ । र ग्राहकहरुको बैकिङ अनुभवलाई थप उत्कृष्ट बनाउन बैकले एम कार्ड सेवा मार्फत् अर्को एक कदम अघि सारेको छ ।


क्लिकमान्डु