कुमारी बैंकले ग्राहकलाई दशैं दक्षिणा दिने



काठमाडौं । नवप्रवर्तनमा आधारित उत्कृष्ट सेवा प्रदान गरिरहेको कुमारी बैंकले यही विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ ।

घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ दक्षिणा प्रदान गर्नेछ ।

त्यसैगरी एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत बस्तु तथा सेवा खरिद वापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको दशैं दक्षिणा प्राप्त गर्न सक्ने छन् ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि राति ११:५९ बजेसम्म सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ ।

यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तीय कारोबारहरु विद्युतीय भुक्तानीका माध्यमहरुबाट आकर्षित गरी डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

२३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु