सुनको मूल्य घट्यो, आज कतिमा भइरहेको छ किनबेच ?



काठमाडौं । नेपाली बजारमा सोमबार (आज) सुन–चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्लिकमान्डु