बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एनएमबि बैंकको ५१ लाख



काठमाडौं । बाढीपहिरो पीडितहरुको राहत तथा उद्धारका लागि एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ ।

यस सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

बैंकका उच्च पदाधिकारीहरुले सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

बाढी पहिरोबाट प्रभावित समुदायहरुलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरिएको उक्त सहयोग बैंकले आफ्नो सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति प्रतिबद्धता रहेको जनाएको छ ।

साथै, यस चुनौतीपूर्ण समयमा प्राकृतिक प्रकोपबाट प्रभाभित नेपाली नागरिकहरूलाई चाहिने साथ र सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु