सञ्चालकको भत्तामा एभरेष्ट बैंकले गर्यो १३ लाख खर्च




काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा सञ्चालको भत्ताका लागि १३ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ ।

बैंकले सञ्चालक समितिलाई प्रति बैठक भत्ता २० हजार रुपैयाँका दरले दिने गरेको थियो । हाल बैंकको अध्यक्षमा डा बाल गोपाल बैद्य रहेका छन् सञ्चालकमा किरण कृष्ण श्रेष्ठ, पन्जाब नेशनल बैंकको तर्फबाट राकेश ग्रोवर, नविनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ रहेका छन् ।

यस्तै स्वतन्त्र सञ्चालकमा डा.तारक बहादुर केसी रहेका छन् ।


क्लिकमान्डु