महाप्रसाद अधिकारीमाथि जाँचबुझ गर्न बनेको समिति रद्द



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी उपर छानबिन गर्न गठन गरेको जाँचबुझ समिति रद्द गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको वैठकले सो समिति रद्द गरेको हो ।

२०७८ चैत २४ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न बनाएको समितिको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी तथा सदस्यमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा थिए ।

सरकारले गभर्नर अधिकारीको पदीय जिम्मेवारी र भूमिकामाथि प्रश्न उठाउँदै नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २२ बमोजिम समिति गठन गरेको थियो । अर्थतन्त्रलाई संकटोन्मुख बनाउन अधिकारीले भूमिका खेलेको आरोप सोबेला लगाइएको छ । उतिबेला अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा थिए ।


क्लिकमान्डु