दाङमा माइक्रो दुर्घटना, घरभित्र छिर्दा भाडामा बस्नेसहित ९ जना घाइते



दाङ । दाङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा.प्र ०३ –००१ ज ७७२ नम्बरको माइक्रो बस तुलसीपुर उपमहानगरपालिका–७ डाँडापातुवा सडकमा अनियन्त्रित भई घरमा छिरेको थियो ।

स्थानीय खिमबहादुर मल्लको घरको कोठाभित्र गाडीको अगाडीको भाग छिरेको हो ।

दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका छन् ।

प्रहरीका अनुसार माइक्रो चालक रुकुम पश्चिम मुसिकोट नगरपालिका – ४ का २५ वर्षीय कुमार सन्यासी, यात्रुहरु सल्यानको शारदा नगरपालिका – ७ की २४ वर्षीया कल्पना चलाउने, उनकी ८ वर्षीया छोरी निर्मला चलाउने, घर भाडामा बस्दै आएका १२ वर्षीय रणविर नेपाली, सल्यान बागचौर नगरपालिका – ७ का २७ वर्षीया सपना चलाउने, जाजरकोटको भेरी नगरपालिका – ४ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गाबहादुर विक घाइते भएका छन् ।

घाइतेको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य छ ।


क्लिकमान्डु