पीडित परिवारलाई सहयोग गर्दै माछापुच्छ्रे बैंकले मनायो वार्षिकोत्सव



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाइरहेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा लिएको हो ।

यस अवसरमा बैंकले असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर हर्षित उल्लासकासाथ वार्षिकोत्सव मनाएको छ ।

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउँदै आएको बैंकले यस वर्ष २४औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको छ भने ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ ।

जस अन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

केहि दिनअघि मात्रै आएको बाढी पहिरोमा परी विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउपालिका १ र २का बाढी पहिरो पीडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ ।

बाढी पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरु रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यस लगायत बैंकका विभिन्न शाखा कार्यालयहरुको माध्यमबाट स्थानिय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएको छ ।

यसैगरी, बैंकले २४औ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफरहरु संचालनमा ल्याएको छ । बैंकले असोज १ देखि ३० गतेसम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ MBL M SMART (APP), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहक महानुभावहरुलाई विशेष छुटको योजना ल्याएको छ ।

जस अन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहक महानुभावहरुले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ ।


क्लिकमान्डु