विराटनगरमा उद्यमीहरुलाई कुमारी बैंकको प्रशिक्षण



काठमाडौं । कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

युसएडसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशिलता विकास एवं प्रवर्द्धन कार्यक्रमका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान बैंकले सञ्चालन गरिरहेको छ ।

वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिक रुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्बसाधारणहरुको विषयगत संबेदनशिलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमूलक भिडियोहरु, सचेतनामूलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रर्वद्धन तथा विकासमा टेवा पुर्याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

कुमारी बैंकको देशभर ३०२ शाखा सञ्जाल, ३१९ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाइहरु रहेको छ ।


क्लिकमान्डु