दशैंअघि वीपी राजमार्ग नखुल्ने



काठमाडौं । वीपी राजमार्गको करिब १२ किलोमिटर सडक पूर्णरुपमा बगेका कारण बीच बीचमा सवारी साधन रोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाबाट बिहीबार हेलिकप्टरबाट गएको अनुगमन टोलीले तत्काल वीपी राजमार्गमा यातायात सञ्चान हुन कठिन हुने निष्कर्ष निकालेको हो । दुबैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको, रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरि सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरि अस्थायी रुपमा यातायात सञ्चालनको प्रयास गर्ने मन्त्रालयको तयारी छ ।

यद्यपि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले दशैंअघि वीपी राजमार्ग खुलाउन सम्भवन नहुने बताए । ‘हामी प्रयासरत छौं तर दुईतर्फी रुपमा वीपी राजमार्गबाट तत्काल यातायात सञ्चालन गर्न कठिन हुने देखिन्छ’ उनले भने।

बाढी र पहिरोका कारण वीपी राजमार्गको चौकी डाँडा कालढुंगा खण्डको करिब १८ किलोमिटर सडकमा सवारी सञ्चालनमा समस्या छ ।

भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ ।

मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो ।

त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’


क्लिकमान्डु