दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो



नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा पहिरोले भासिएको सडक एकतर्फी खुलाइएको छ ।

सडक मर्मत गरेर मंगलबार बिहान ९ बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

सडक मर्मतलाई निन्तरता दिई मंगलबार नै दुईतर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

सडक अवरुद्ध भएर यात्री अलपत्र परेपछि गएराति ११ बजेदेखि नै सडक मर्मतको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए ।

सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत सुरु गरेका जनाइएको छ ।

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्ने जङ्गलमा पूर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ । सोमबार साँझ सडक भासिएपछि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।


क्लिकमान्डु