सरकारले सर्वदलीय बैठक बोलाएपछि प्रचण्डको बैठक स्थगित



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारका लागि आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरेका छन् ।

अविरल वर्षा, बाढीपहिरो तथा डुबानले पुर्‍याएको क्षतिबारे छलफल गर्न भन्दै आइतबार बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा सर्वदलीय बैठक बोलाएका थिए । तर सरकारले पनि सर्वदलीय बैठक बोलाएपछि दाहालले स्थगित गरेका हुन् ।

आइतबार दिउँसो १ बजेका लागि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक बोलाएका छन् । यससँगै सरकारले क्षतिका पीडितहरुको निशुल्क उपचार गराउने घोषणा गरेको छ ।


क्लिकमान्डु