देशभरका स्कुलहरु तीन दिन बन्द गर्न सरकारको आग्रह



काठमाडौं । वर्षाका कारण देशभर बाढीपहिरोले ठूलो जनधनको क्षति भइरहेका बेला सरकारले आइतबारदेखि तीन दिनका लागि स्कुलहरु बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद व्यवस्थापनका लागि सबै पक्षलाई आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव लक्ष्मीप्रसाद भट्टराईका अनुसार देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।


क्लिकमान्डु