काठमाडौं उपत्यकामा बाढीले ३४ जनाको मृत्यु, १७ जना बेपत्ता



काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ । ललितपुर जिल्लामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको छ ।

यस्तै काठमाडौं जिल्लामा ११ जना र भक्तपुरमा ५ जनाको गरी जम्मा ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

यस क्रममा १७ जना घाइतेको उद्धार गरिएको छ । उपत्यकाका तीन जिल्लाबाट जम्मा १ हजार ४ सय १५ जनाको उद्धार गरिएको छ । बाढी तथा डुबानमा १७ जना बेपत्ता छन् । साथै झण्डै २ हजार घरहरु डुबानमा परेको प्रहरीले जनाएको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको छ। काठमाडौं लगायत देशभरको मौसम दुई दिनदेखि खुल्न सकिरहेको छैन । शनिबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन र भारतबाट आएका विमान पनि अवतरण गर्न नसकेर उतै फर्किएका छन् ।


क्लिकमान्डु