काठमाडौंमा बाढीले मोटरसाइकल बगाउँदा चालक बेपत्ता



काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्णचोक नजिकै हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार साँझ ६:१५ बजेमा वाग्मती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भई हाल रानीवन बस्ने १९ वर्षीय चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ बेपत्ता छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहानैदेखि भारी वर्षाले काठमाडौंसहित देशभरका विभिन्न स्थानमा जनजीवन अस्तव्यस्त बनेको छ । अधिकांश ठाउँमा बाढीपहिरो गएका छन् । देशभरका अधिकांश ठूला नदीको सतह बढेर आसपासका बासिन्दाहरु अन्यत्र सरेका छन् ।


क्लिकमान्डु