रविको अनुसन्धान गर्ने जिम्मा ओलियालाई, प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)



काठमाडौ‌ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागका अनुसार ४१ जना एसपीको असोज ७ गतेको निर्णय अनुसार सरुवा भएको हो ।

विभागका अनुसार २०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश राज सुवेदीलाई सरुवा गरेर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवन सरुवा गरेको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन कुमार थापा सरुवा भएर प्रहरी प्रधान कार्यालय मावन अधिकार उंल्लघंन अनुगमन ईकाई नक्सालमा सरुवा भएको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा धनगढी कैलालीका एसपी श्याम बाबु ओलियाको कास्कीमा सरुवा भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनी गोरखा मिडिया नेटवर्कका सञ्चालक थिए । गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जिबी) राई हाल फरार रहेका छन् ।

सहकारीका प्रबन्ध निर्देशक रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पनि प्रहरी अनुसन्धान गर्ने तयारी गरेको छ ।

त्यसका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले टोली समेत पोखरा पठाइसकेको बताइएको छ । सहकारी ठगीको अनुसन्धान अघि बढाउने जिम्मा अब ओलियाको हातमा पर्ने भएको छ । उनको कास्कीमा सुरुवा भएको हो ।


क्लिकमान्डु