सिटी एक्सप्रेसको दसैं अफर: ३ महिनासम्म हरेक दिन उपहार



काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठ जस्त पर्वलाई लक्षित गर्दै ३ महिने उपहार योजना सार्वजनिक गरेको छ ।

कम्पनी १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न उपहार योजन ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ घोषणा गरिएको हो । यो योजना लगातार ९० दिनसम्म चल्ने बताइएको छ ।

चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थितिमा योजना सार्वजनिक गरिएको थियो ।

यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही ५०० को वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने छन् ।

कम्पनीका अनुसार ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ अफर असोज १ देखि मङ्सिर ३० गतेसम्म लागु हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन पाउनेछन् ।

यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजनामा सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारी सहभागी हुन पाउने छैनन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।


क्लिकमान्डु