बाल दिवसमा स्कुले विद्यार्थीलाई लक्ष्मी सनराइज बैंकको आत्मरक्षा तालिम



काठमाडौं । राष्ट्रिय बाल दिवसको उपलक्षमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाडौं उपत्यकामा स्कुले बालबालिका तथा किशोरकिशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम दिइएको छ ।

उपत्यकाका तीनैवटा जिल्लाहरुमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै तीनै जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २ सयभन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको हो ।

तालिम प्रदान गरिएका विद्यालयहरु (क्रमशः) गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं, सिद्धि मंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र भक्तपुरको सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालय रहेका थिए । गत भदौ २५ देखि भदौ २८ गतेसम्म तालिम संचालन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधान अध्यापकहरु, सहायक प्रधान अध्यापकहरु, शिक्षकहरु लगायत लक्ष्मी सनराइज बैंकका शाखा प्रमुखहरुको उपस्थितिमा उक्त तालिम संचालन गरिएको थियो ।

गान्धी आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गया प्रसाद उपाध्यायले यस्ता सुरक्षा सम्बन्धी ज्ञानवर्द्धक सिकाइलाई विद्यालय पाठ्यक्रममा समावेश गराइए यसको प्रभावकारिता अझ बढ्ने बताएका थिए । यसैगरी सिद्धि मंगल माध्यमिक विद्यालय ललितपुरका प्रधान अध्यापक मीन बहादुर अछामीले उक्त तालिमबाट सिकेका सीपहरु शिक्षकमार्फत अन्य विद्यार्थीहरुलाई सिकाइने बताए ।


क्लिकमान्डु