कहिलेसम्म कायम रहेका सेयरधनीले पाउँछन् एभरेष्ट बैंकको लाभांश ?



काठमाडौं । सेयरधनीलाई लाभांश घोषणा गरेको एभरेष्ट बैंकले साधारण सभाको मिति तय गरेको छ ।

बैंकले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्ने बैंकले जनाएको छ ।

असोज ७ गतेसम्म कायम रहने सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् भने सभामा भाग लिन पाउनेछन् ।

सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगदसहित १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु