कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश घोषणा



काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभांश घोषणा गरेको छ । ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत)गरी बैंकले १२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्नेछन् । यससँगै कामना विकास बैंक यस वर्ष लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बनेको छ ।

कामना सेवा विकास बैंक आव २०८०/८१ को चौथो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिसेयर वितरण योग्य नाफा भएको विकास बैंक समेत बनेक छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकबाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।


क्लिकमान्डु