पोष्टम प्रयोगकर्ताले आफ्नो आम्दानी अब सजिलै सिटिजन्स बैंक खातामा ल्याउनसक्ने



काठमाडौं । पोष्टम प्रयोगकर्ताहरुको आम्दानीको रकम सिधै बैंकको खातामा ल्याउन सजिलो हुने गरी सिटिजन्स बैंक र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टमबीच सम्झौता भएको छ ।

यस सम्झौताले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने बताइएको छ । पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो । जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको सिर्जना गर्न सक्छन् र ती प्रस्तुतीहरुलाई विभिन्न माध्यममार्फत् मोनिटाइज गर्न सकिन्छ ।

यो एपमार्फत सिर्जना गर्नेहरुले विभिन्न विधामा जस्तै यात्रा, मनोरञ्जन, सेवा, मोटर वाहन, जानकारीमूलक, रचनात्मक र अन्य चुनौतीहरूमा केन्द्रित रहेर कन्टेन्ट निर्माण पनि गर्न सक्नेछन् । यसरी सामग्री बनाएर आय सिर्जना गर्ने पोष्टमका प्रयोगकर्तालाई प्रभावकारी वित्तीय पहुँच दिलाउने कम्पनीले बताएको छ ।

प्रयोगकर्ताहरुले आफ्नो कमाईलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याएर सुरक्षित राख्न सक्नेछन् । यस सहकार्यले सिर्जना गर्नेहरुलाई उनीहरूको आम्दानी सिधै उनीहरूका बैंक खातामा जम्मा गरी झिक्न अनुमति दिएर वित्तीय प्रक्रियालाई सरलीकृत र सुव्यवस्थित बनाउने बैंकले अपेक्षा राखेको छ ।


क्लिकमान्डु