साढे ४ लाख घुससहित वडाध्यक्ष र सचिव पक्राउ



काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का अध्यक्ष र वडा सचिवसहित तीन जना ४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली र बर्दिबास कार्यालयको संयुक्त टोलीले वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साह र स्थानीय विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेका हुन् ।

अख्तियारको बर्दिबास कार्यालयका अनुसार आरोपितहरुलाई मंगलबार दिउँसो वडा कार्यालय परिसरमै सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरिएको थियो ।

वडाअध्यक्ष सहनी र सचिव साहले सेवाग्राहीको घरबाटो प्रमाणित गरी दिनका लागि घुस मागिरहेको बुझिएको छ । सोही सूचनाका आधारमा अख्तियारको टोली काठमाडौंबाटै जनकपुर पुगेको थियो ।


क्लिकमान्डु