राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तान्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा बढी पैसा भएपछि नेपाल राष्ट्र बैंकले आज १ खर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ ।
राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

यसको बालकबोल आज ३ बजेसम्म हुने छ । यसको साँवा ब्याज भुक्तानी असोज १३ गते हुने छ । बोलकबोल घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम रहेको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।

समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमामा बाँडफाँड गरिनेछ ।


क्लिकमान्डु