आन्तरिक रोजगारी दशक घोषणा गर्दैछौं: श्रममन्त्री भण्डारी



काठमाडौं । श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले सरकारले आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारी रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले सरकार आन्तरिक रोजगारी वृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर आन्तरिक रोजगारी दशकको रुपमा घोषणा गर्न लागिरहेको बताए । रोजगार दिने काम श्रम मन्त्रालयको नभएको भन्दै रोजगारीको लागि वातावरण बनाउने काम गरिरहेको पनि उनको भनाइ थियो ।

मन्त्री भण्डारीले आन्तरिक रोजगारीको लागि सरकारले रोजगारीका सम्भावनालाई समृद्धिसँग जोड्ने काम गर्ने पनि बताएका थिए । यस्तै मुलुकभित्र युवाहरुलाई राख्न वैदेशिक रोजगारीको विकल्प रोजगारी नै भएको उनको भनाइ थियो । वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर ल्याउने र पुनः एकीकरण गरी वैदेशिक रोजगारीबाट युवाहरुले सिकेको सीप मुलुक निर्माणको लागि प्रयोग गर्ने सरकारको योजना रहेको पनि उनले बताएका थिए ।

‘राष्ट्रिय व्यवसायिक तालिम प्रतिष्ठानले मुलुकभर छरिएर रहेका सम्पूर्ण सीपमुलक तालिमहरुलाई एकद्वार प्रणालीमा ल्याउने मुलुकलाई चाहिने जनशक्तिलाई आवश्यक कोषको व्यवस्था गर्ने । प्रष्तिठानले सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र प्रदेश तहमा बनोउने । सातै प्रदेशका तालिम केन्द्रहरुलाई स्थानीय रोजगार केन्द्रसँग समन्वय गरेर सबै तालिमहरुलाई एकद्वार प्रणालीमा ल्याएर मुलुकलाई आवश्यक जनशक्ति उत्पादनमा लाग्छौं । रोजगार सेवा केन्द्रबाट रोजगारदातासँग जोड्ने काम गर्छौं,’ मन्त्री भण्डारीले भने ।

यस्तो गर्दा मुलुकमा धेरै रोजगारीको अवसर सिर्जना हुने भन्दै उनले आफ्नो मन्त्रालयले रोजगारीको लागि वातावरण बनाउने उनको भनाइ थियो । यस क्रममा उनले आगामी दशक आन्तरिक रोजगार दशकको रुपमा अगाडि बढाउने गरी मन्त्रालयले तयारी गरेको बताएका थिए ।

मन्त्री भण्डारीले भने, ‘मुलुकभित्र युवाहरुलाई राख्नको निम्ति वैदेशिक रोजगारीको विकल्प रोजगारी नै हो । वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर ल्याएर पुनः एकीकरण गर्ने हिसावमा वैदेशिक रोजगारीमा जाँदा युवाहरुले सिकेको सीपलाई मुलुक निर्माणको निम्ति प्रयोग गर्ने सरकारको योजना छ ।’


क्लिकमान्डु