टानमा सागर पाण्डे विजयी, सत्ता गठबन्धन पराजित



काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् ।

माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले सत्ता गठबन्धन दल एमाले–कांग्रेस साझा उम्मेदवार राजेन्द्प्रसाद सापकोटालाई पराजित गरेका हुन् । सापकोटा एमाले निकट व्यवसायी हुन् । गठबन्धनमा असन्तुष्ट पक्षहरुले माओवादी पक्षका उमेदवारलाइ साथ दिएका छन् ।

पाण्डेले ५८० मत पाएर विजयी हुँदा सापकोटाले ४८० मत पाएका छन् । बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी कर्मा चोलेन्द्रबहादुर कार्कीले ४८६ मत पाएका छन् ।

प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५३५ मतसहित विजयी हुँदा अर्का प्रत्यासी दावा लामा (तामाङ)ले ५१० मत पाएका छन् । द्वितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी निशेष थापाले ४९३ मत पाए ।

महासचिव पदमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले अर्का उम्मेदवार राजेन्द्र प्रसाद सुवेदीलाई ५६ मत अन्तरले हराए । शेर्पा ५५० मतसहित विजयी हुँदा सुवेदीले ४९४ मत पाए ।

सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा राजेन्द्रराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा विजयी भएका छन् । सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।


क्लिकमान्डु