नेक्सन भेन्चर्सले नेपाल ल्यायो ७२ लाख पर्ने एलएस ब्राण्डको चिनियाँ ईभी



काठमाडौं ।  नेक्सन भेन्चर्सले प्रालिले चिनियाँ विद्युती सवारीसाधन (ईभी) एलईभी-०१ एसई र एलईभी-०१ सीई  नेपालल्याएको छ ।  

साँघाई लन्च अटोमोटिभले उत्पादन गरेको दुईवटा मोडलको गाडी नेपाल आयात भएको छ । एलईभी-०१ एसई ९९ किलोवाट हुनेछ । यसको ब्याट्री क्यापासिटी ६७.१ किलोवाट हुनेछ । यो कारको अधिकतम मूल्य ६१ लाख ९० हजार रुपैयाँ पर्नेछ ।

एलईभी ०१ सीईको मूल्य ७१ लाख ९० हजार पर्नेछ । यो पनि ९९ किलोवाटको हुनेछ । जसमा ब्याट्री क्यापासिटी ६७.१ किलोवाट छ ।

चिनियाँ एलएस ब्राण्डका कारहरु आयात गर्न लागेको हो । यी कारहरु ५०० किमी रेन्ज दिने कम्पनीको दाबी छ ।


क्लिकमान्डु