पर्यटन बोर्डले तीन दिनमै सीईओ पाउने, छनोट कार्य धमाधम हुँदै




काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी तीन दिनभित्रै नेतृत्व पाउने भएको छ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्न सोमबार र मंगलबार छनोट चरणको अन्तिम काम हुँदै छ ।

बोर्डको सीईओ छनोटका लागि सीईओ छनोट उपसमितिले आज (सोमबार) १६ जना प्रतिस्पर्धीकै कार्ययोजनाको प्रस्तुतीकरण लिइरहेको छ । सोमबार सबैको प्रस्तुतीकरण लिएर मंगलबार अन्तर्वार्ता गर्दै छ ।

सीईओ छनोटको मुख्य काम प्रस्तुतीकरण लिने र अन्तरवार्ताको काम सकिएपछि सीईओ छनोट उपसमितिले ३ जनाको नाम छनोट गरेर पर्यटन बोर्ड सञ्चालक समितिसमक्ष पेश गर्ने छ । बोर्डको दुई दिनपछि बस्ने बैठकले छनोट भएका उत्कृष्ट ३ जना मध्येबाट एक जनालाई पर्यटन बोर्डको ४ वर्षे कार्यकाल लागि नियुक्त गर्ने छ ।

बोर्डमा गत १६ माघदेखि सीईओ पद खाली छ । पर्यटन बोर्डमा सीईओ नहुँदा बोर्डका दीर्घकालीन महत्वको काम प्रभावित भइरहेको छ बोर्डले नयाँ सीईओ पाउने भएपछि लामो समयदेखि सुस्त भएको बोर्ड सञ्चालनको कामले पनि गति लिने भएको छ।

बोर्डको सीईओमा ठाकुरप्रसाद देवकोटा, हिक्मतसिंह ऐर, विजय नेपाल, राजाराम गिरी, ज्ञानिन राई, नवीन पोखरेल, ज्ञानेश्वरप्रसाद सिंह महतो प्रतिस्पर्धामा छन । बोर्डको सीईओमा आवेदन दिएका श्रद्धा श्रेष्ठ, सूर्यबहादुर घिमिरे, सन्तोष विक्रम थापा, दीपकराज जोशी, दीपक बस्ताकोटी, धनन्जय रेग्मी, लक्ष्मण गौतम र रामचन्द्र सेडाई प्रतिस्पर्धामा छन् ।


क्लिकमान्डु