सांसद हरी ढकालसहित ब्रोकर र लगानीकर्ताले अर्थमन्त्रीलाई बुझाए ७ बुँदे माग



काठमाडौं । प्रतिनिधि सभा सदस्य हरी ढकाल, सेयर लगानीकर्ता तथा ब्रोकरहरुले उपप्रधान तथा अर्थमन्त्री बिष्ण्ु प्रसाद पौडेल समक्ष ७ बुँदे माग राखेका छन् ।

पूँजीबजारको बजारको स्थायीत्व र सुधारको लागि तत्काल गर्नु पर्ने ७ काम गर्न आग्रह गरेका छन् । उनीहरुले भेटमा अबैज्ञानीक तरिकाले गणना गरेको पुँजीबजारको बजारपुँजीकरणले जनमानसमा गलत सन्देश दिएकाले तथ्य परक भई बैज्ञानीक तरिकाले बजार पूँजीकरण गणना गरि समायोजन गर्न माग गरेका छन् ।

यस्तै बैंक तथा वित्तिय संस्थालाई आफ्नो प्राथमिक पूँजीको २ प्रतिशत रकम अल्पकालीन रुपमा सुचिकृत कम्पनीमा लगानी (खरिद बिक्री) गर्न दिनुपर्ने माग गरेका छन् ।

यस्तै सबै प्रकारका सेयर धितो कर्जाको जोखिम भारलाई १०० प्रतिशतमा मान्नुपर्ने, धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्नुपर्ने माग रहेको छ ।

यस्तै खराब बित्तिय अवस्था भएका कम्पनीहरुको प्राथमिक एवं हकप्रद सेयर निष्कासन रोक्नुपर्ने, धितोपत्र बोर्डले इजाजत दिएका संस्थाहरु (स्टक एक्सचेञ्ज, ब्रोकर, मचेन्ट बैकरहरु) को प्राविधिक क्षमता विस्तार गर्नुपर्ने र धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले सूचिकृत कम्पनीहरुको पारदर्शिता कायम राख्न र बजारमा हुन सक्ने अवच्छित गतिविधि रोक्न नियमन बढाउनु पर्ने सुझाव दिएका छन् ।


क्लिकमान्डु