एमएडब्लु वृद्धि अटोकर्पका गाडी खरिद गर्दा ग्लोबल आइएमई बैंकले सहज कर्जा दिने



काठमाडौं । वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पका विद्युतीय सवारी खरिद गर्न ग्लोबल आइएमई बैंकले सहज कर्जा दिने भएको छ ।

दुई पक्षबीच भएको सम्झौता अनुसार एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पका विद्युतीय सवारी खरिद गर्न ग्लोबल आइएमई बैंकले सुलभ व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

समझदारीपत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्सका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार एमएडब्लु वृद्धि मोटर्स एवं एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय गाडीहरु दीपल, सेरेस र नामी खरिद गर्ने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्यदिनभित्र सरल ब्याजदरमा कर्जा पाउने छन् ।

दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरु नेपाली प्रयोगकर्ताहरुमाझ लोकप्रिय छन् । उक्त कम्पनीले नामी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा विक्री सुरु गरिसकेको छ ।

ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।


क्लिकमान्डु