सदस्यको सहज पहुँच हुनेगरी स्वेतपत्र जारी गर्न सहकारीलाई विभागको निर्देशन



काठमाडौं । सहकारी विभागले आफ्ना सदस्यहरुलाई सहज पहुँच हुनेगरी स्वेतपत्र जारी गर्न संस्थाहरुलाई निर्देशन जारी गरेको छ ।
सबै सहकारी संघ संस्थाहरुले अनिवार्य रुपमा संलग्न ढाँचा बमोजिम श्वेतपत्र तयार गरी आफ्ना सबै सदस्यहरु समक्ष सहज रूपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट सार्वजनिक गर्न निर्देशन दिएको हो ।
सहकारीका सदस्यहरूको विश्वास र पारदर्शिताको माध्यमबाट मात्र सहकारी संस्थाको प्रभावकारीता र दिगोपना कायम रहने विभागको विश्वास छ ।
यस्तै नियामक निकायले माग गरेको समयमा उपलब्ध गराउने व्यवस्था गर्न गराउन समेत आग्रह गरेको छ ।
सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानार्थ गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको सुझाव समेतका आधारमा विगत वर्षदेखि नै सहकारी संघसंस्थाहरुले श्वेत पत्र जारी गर्ने गरेका छन् ।


क्लिकमान्डु