पास भएको लोनको बक्यौता ब्याज पुरक पुँजीमा गणना गर्न पाउने गरि राष्ट्र बैंकको परिपत्र



काठमाडौं । बैंकहरूले पास लोनको बक्यौता ब्याजलाई मात्र पुरक पुँजीमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकहरूलाई पुँजी सहज गर्न बक्यौता ब्याजको तोकेको अंश पुरक पुँजी गणना गर्न दिने उद्घोष गरेको थियो । सोही उद्घोष कार्यान्वयन गर्न राष्ट्र बैंकले परिपत्र गरेको हो


क्लिकमान्डु