४ लाख रुपैयाँ छुटमा सेरेस-३



काठमाडौं । नेपालमा सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिले नाडा अटो शो २०२४ को अवसरमा नयाँ सेरेस ३ का लागि विशेष अफर घोषणा गरेको छ । उक्त अफर अनुसार सेरेस ३ खरिद गर्दा ग्राहकले ४ लाख रुपैयाँ छुट पाउने भएका छन् ।

उक्त अफर अनुसार अब ग्राहकले नयाँ सेरेस ३ कम्फर्ट मोडललाई जम्मा ४५ लाख ४९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । जबकि प्रिमियम मोडलको मूल्य ४८ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले नाडा विशेष अफर अन्तर्गत उक्त छुटको रकम सार्वजनिक गरेको जनाएको छ । जसअन्तर्गत नयाँ सेरेस ३ लाई ग्राहकले पहिलेभन्दा सस्तो मूल्यमा खरिद गर्न पाउनेछन् । उन्नत प्रविधिसहितको सेरेस ३ मा बलियो निर्माण गुणस्तर र स्टाइलिस एसयुभी डिजाइनको सुविधा छ ।

साथै बलियो र प्रभावशाली अफ-रोड क्षमताहरूका लागि पनि यो गाडी परिचित छ । यससँगै कठिन मानिने कोराला सिमानाको भूभाग पार गर्ने पहिलो विद्युतीय सवारीको रूपमा यो गाडी चिनिन्छ ।


क्लिकमान्डु