नाडा अटो शोमा गाडी किन्न चाहनेले ग्लोबल आईएमई बैंकबाट ७.९९ प्रतिशतमै ऋण पाउने



काठमाडौं । यस संस्करणको नाडा अटो शोमा गाडी किन्न चाहनेले ग्लोबल आईएमई बैंकबाट सस्तैमा कर्जा पाउने भएका छन् । बैंकले विद्युतीय कार (ईभी) किन्न चाहनेका निमित्त ७.९९ प्रतिशतमै ऋण दिने बताएको हो ।

बैंकका अनुसार ५ वर्षभन्दा कम अवधिको ईभी कर्जा स्थायी दर ७.९९ प्रतिशतमा उपलब्ध गराइनेछ । यसैगरी ५ वर्ष भन्दा बढी अवधिमा ऋण तिर्ने गरी ईभी किन्न ग्राहकलाई बैंकले ८.४९ प्रतिशतमा कर्जा उपलब्ध गराउनेछ ।

बैंकले ग्रिन ड्राइभ ईभीमा एक्सक्लुसिभ अटो लोनको ब्याजदर यति कम तोकेको हो ।

यसैगरी इन्धनबाट चल्ने गाडी किन्न चाहने ग्राहकलाई बैंकले सुरुवाती ८.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । यो कर्जाको अवधि ५ वर्षभन्दा कम हुनेछ ।

५ वर्ष भन्दा बढी अवधिका लागि पेट्रोलियम कार किन्ने ऋण लिन चाहने ग्राहकलाई बैंकले ९.४९ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले नाडा अटो शोमा स्टल नं. ई३२ मा जानकारी केन्द्र राखेको छ । थप जानकारीका लागि ग्लोबलले सोही स्टलमा भ्रमण गरेर लिन सकिने बताएको छ ।


क्लिकमान्डु