सेयर बजार राताम्मे, पौने २० अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ ।

बजारमा भारी गिरावट आउँदा परिसूचक २९ सय बिन्दुबाट झरेको छ । बजार मापन गर्ने सूचक ७९.८८ अंकले घटेर परिसूचक २८९४.५७ बिन्दु कायम भएको छ । ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा माइक्रोफाइनान्स समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक राताम्मे भएका छन् ।

कारोबारमा तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा वन नेपाल लघुवित्त, उपकार लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेको छ ।

कारोबार रकमका आधारमा अपी पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ८४ करोड ६८ लाख १७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रि इन्स्योरेन्स र साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् ।


क्लिकमान्डु