सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?



काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य बिहीबार तोलामा एक हजार एक सय रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएकामा बिहीबारका लागि एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ ।

बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले कम भई आज एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको छ ।


क्लिकमान्डु