कमला ह्यारिसको बाचा: म राष्ट्रपति बने कर्पोरेट कर बढाउने छु



एजेन्सी । अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदमा उम्मेदवारी दिएकी कमला ह्यारिसले यदि राष्ट्रपति निर्वाचन आफू विजयी भएको खण्डमा कर्पोरेट ट्याक्स २१ प्रतिशतबाट २८ प्रतिशत बढाउने घोषणा गरेकी छन् ।

आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । यसका लागि डेमोक्रेट उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

कमलाले चुनावी अभियानको क्रममा सोमबार कर्पोरेट करको दर बढाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् । ह्यारिसको अभियानको क्रममा उनका प्रवक्ता जेम्स सिंगरले यो कदमले कामदारहरुको खल्तीमा पैसा फिर्ता गर्ने र अर्बपतिहरु र ठूला निगमहरुले उनीहरुलाई उचित हिस्सा तिर्न सुनिश्चित गर्ने प्रतिक्रिया दिएका छन् ।

ट्रम्प यसअघि राष्ट्रपति छँदा उनले कर्पोरेट करको दरलाई ३५ प्रतिशतबाट घटाएर २१ प्रतिशतमा झारेका थिए । साथै अर्को वर्ष समाप्त हुने अन्य करमा छुट गराएका थिए । साथै उनले करको छुटलाई स्थायी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

संघीय बजेटका लागि समिति, स्वतन्त्र वकालत समूहले भने ह्यारिसको कर्पोरेट आयकरको दरलाई २८ प्रतिशत पुर्‍याउने प्रस्तावले एक दशकमा अमेरिकी घाटा १ ट्रिलियन डलरले घटाउने प्रक्षेपण गरका छन् ।

कमलाको यस्तो प्रस्ताव पास गर्नका लागि भने अमेरिकी कंग्रेसको स्विकृति आवश्यक पर्छ । नोभेम्बर ५ मा हुने चुनावमा सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमत ल्याउन डेमोक्रट र रिपब्लिकन दुबै दल यतिबेला कडा प्रतिस्पर्धामा छन् ।

कमला ह्यारिस वार्षिक ४ लाखसम्म आम्दानी भएका नगरिकलाई कर नबढाउने बाचा गरेका राष्ट्रपति जो बाइडेनको प्रतिबद्धतालाई निरन्तरता दिने मस्थितिमा रहेको बताइन्छ । जवकि गत वर्ष बाइडेनले यस्तो प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस्तै कमला ह्यारिसले गत साताको मन्तव्यको क्रममा यदि आफूले जितेको खण्डमा आम अमेरिकीका लागि आर्थिक अवसर सिर्जना गर्नका लागि अधिकांश अमेरिकीको कर कटौती गर्ने, आवास निर्माणलाई सस्तो बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । अमेरिकामा राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा अमेरिकी अर्थतन्त्रको प्रमुख मुद्दा बनेको आवास सम्बन्धी समस्या समाधान गर्नुपर्ने र उच्च करको दर लगायतका विषय चुनौतीको रुपमा देखिएका छन् ।


क्लिकमान्डु