‘लुटेर खानुपर्छ भनेर सरकारले भनेको छैन’: उर्जामन्त्री खडका, ज्यालादारी कर्मचारीले दसैं खर्च पाउने
काठमाडौं । उर्जामन्त्री दीपक खडकाले ट्रंक र डेडिकेटेडलाइन मार्फत बिजुली प्रयोग गरेको पैसा तिर्नु पर्ने बताएका छ्न ।
‘सम्मानिय प्रधानमन्त्री ज्युले त्यहि भनिरहनु भएको छ । तिर्न हुँदैन । लुटेर खानु पर्छ भनेर कसरी सरकारले भन्न सक्ला । दुस्प्रचार गर्नु हुँदैन ।
प्राधिकरणको ३९ औं वार्षिक उत्सवलाई शनिबार सम्बोधन गर्दै मन्त्री खडकाले यस्तो बताएका हुन् । खपत बढाउन पुर्वाधार तयार भएको बिषयमा उनले प्राधिकरणसँग प्रश्नसमेत गरेका छन् ।
उनले उत्पादन र प्रसारणको तालमेल मिल्ने गरि काम गर्नु पर्ने सुझाव दिए ।
उनका अनुसार रसुवागढी जलबिद्युत आयोजनाबाट उत्पादित बिजुली प्रसारण लाइन नहुँदा प्रणालीमा जोडिएको छैन । मध्य भोटेकोसीको अवस्था पनि त्यस्तै रहेको उनको भनाई छ । उनले १० वर्षमा १०८०० मेगावाटको उत्पादनको लक्ष्य रहेको बताए ।
उनले उर्जा क्षेत्रमा देखिएका समस्या मिलेर समाधान गर्ने बताए ।
प्राधिकरणका ज्यालादारी कर्मचारीले दसै खर्च पाउने भएका छ्न । करिब २८०० जना यस्ता कामदार छ्न । उर्जामन्त्री खडकाले प्राधिकरणको ३९ औं वार्षिकोत्सवमा यस्तो घोषण गरेका हुन।
यस्तै सबै कर्मचारीको घर भाडा २ हजार रुपैयाँ बढाइएको पनि उनले घोषणा गरेका छन् ।