प्रधानमन्त्रीको हस्तक्षेपपछि १० घण्टामै फिर्ता भयोे पेट्रोलियम पदार्थको मूल्य वृद्धि




काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको १० घन्टामै फिर्ता गरेको छ । निगमले बुधवार रातिबाट लागु हुने गरी मूल्य वृद्धि गरेको थियो । अहिले विहान १० बजेदेखिनै लागू हुने गरी निगमले मूल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको थियो । निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा बृद्धि गरेको थियो । भने ग्याँसमा प्रतिसिलिन्डर २५ रुपैयाँ बृद्धि गरेको थियो ।

पुरानै मुल्य अनुसार अव पेट्रोल प्रतिलिटर ९८ रुपैयाँ, डिजेल र मटितेल लिटरको ७४ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य बढेर १३ सय २५ रुपैयाँ नै कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलेको मूल्य बढेपछि मूल्य बढाएको भएता पनि चुनावको मुखमा मूल्य बृद्धगर्दा नकारात्मक प्रभाव पर्ने भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाले आपूर्ती मन्त्री जयन्त चन्द मार्फत निगमका प्रमुखलाई निर्देशन दिएका थिए ।


क्लिकमान्डु