अत्याधुनिक सुविधासम्पन्न भवनबाट नेशनल लाइफको सेवा सुरु



काठमाडौैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगञ्जस्थित सुर्खेत रोडमा अत्याधुनिक सेवा सुविधासहितको नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । नेशनल लाइफले हालै उक्त भवन निर्माण सम्पन्न गरेको हो ।

कम्पनीको अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले निर्माण सम्पन्न भवन उद्घाटन गरेकी हुन् । हिन्दु विधि अनुसार नयाँ भवनको उद्घाटन समारोहमा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित वरिष्ठ अभिकर्ताहरुको सहभागिता थियो ।

समारोहमा अध्यक्षले कम्पनीको यो भवन लुम्बिनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने र यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गरिने योजना रहेको बताइन् ।

समारोहमा सहभागी वरिष्ठ अभिकर्ताहरुले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका थिए ।

७२ अर्बभन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनीमध्येको एक नेशनल लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा भवन निर्माण गरेको हो ।


क्लिकमान्डु