महिला भलिबल खेलाडीलाई सरकारले जनही ३ लाख दिने



काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपविजेता रहेको नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले महिला खेलाडीलाई पुरस्कार स्वरुप उक्त रकम दिने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार नेपाली टोलीका १४ खेलाडीलाई जनही ३ लाख रुपैयाँ र मुख्य प्रशिक्षकलाई २ लाख रुपैयाँ दिइने भएको छ । यस्तै राष्ट्रिय टोलीका व्यवस्थापक, सहायक प्रशिक्षक र फिजीओलाई भने जनही १ लाख २० हजारका दरले रकम दिने सरकारको निर्णय छ ।

गत साता दशरथ रंगशालामा सम्पन्न काभा वुमन्स नेसन्स भलिबलमा नेपाल अब्बल प्रदर्शनका बावजुद उपविजेता बन्न पुगेको थियो । कडा प्रतिस्पर्धाका बीच बेस्ट अफ ५ मा भएको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।


क्लिकमान्डु