३७ वर्षीया सिनावात्रा थाइल्यान्डको प्रधानमन्त्री



३७ वर्षीया पातोङतार्न थाइल्यान्डको दोस्रो महिला प्रधानमन्त्री बनिन्। उनी पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । थाइल्यान्डमा लामो समय शासन गरेको सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने उनी चौथो सदस्य पनि हुन् ।

एजेन्सी । थाइल्यान्डको संसद्‍ले नयाँ प्रधानमन्त्रीमा पाएतोङतार्न सिनावात्रालाई चयन गरको छ । पाएतोङतार्न थाइल्यान्डका पूर्वप्रधानमन्त्री एवं अर्बपति नेता थाक्सिन सिनावात्राकी छोरी हुन् ।

यससँगै ३७ वर्षीया पातोङतार्न थाइल्यान्डको सबैभन्दा कम उमेरको र दोस्रो महिला प्रधानमन्त्रीसमेत बनेकी छन् । उनकी सानीआमा यङलक सिनावात्रा विगतमा पहिलो महिला प्रधानमन्त्रीको रुपमा थिइन् ।

थाइल्यान्डको संवैधानिक अदालतले श्रेथा थाभिसीनलाई संविधान विपरीत मन्त्री नियुक्त गरेको भन्दै दुई दिनअघि मात्रै प्रधानमन्त्री पदबाट बर्खास्त थियो । श्रेथाको बर्खास्तीपछि थाइलयान्डको संसद्‍ले नयाँ प्रधानमन्त्री चयन गरेको हो । तर श्रेथा र पातोङतार्न दुबै जना एउटै पार्टी फेउ थाइ पार्टीका नेता हुन् । जुन पार्टी २०२३ को चुनावपछि दोस्रो हैसियतमा रहँदै सत्ता गठबन्धन चलाएको छ ।

राजनीतिमा पारिवारिक विरासत भए पनि कम अनुभव रहेकी पेतोङतार्नले अब थाइल्यान्डको बिग्रँदो अर्थव्यवस्था सुधार्नुपर्ने जिम्मेवारीँगै सैन्य कूको खतरा र अदालतको हस्तक्षेप जस्ता समस्याको सामना गर्नुपर्ने छ । जवकि सैन्य कू तथा अदालतको हस्तक्षेपले उनको पारिवारिक नेतृत्वमा रहेका चार वटा सरकारलाई बर्खास्त गरिदिएका थिए।

पेतोङतार्न प्रधानमन्त्री पदमा चयन हुँदा संसद्मा शुक्रबार ३१९ मत प्राप्त गरेकी छन् भने उनको विपक्षमा १४५ मत मात्रै पाएकी छन् । यसैबीच उनी २ दशकयता थाइल्यान्डको शासनसत्ता चलाउँदै आएको सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने चौथो प्रधानमन्त्री पनि हुन् ।


क्लिकमान्डु