टाटा मोटर्सका डिलरलाई पन्च ईभीको टेस्ट ड्राइभ



काठमाडौं । नेपालको लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले आफ्नो नेपालभर रहेका डिलरहरुलाई चितवनको सौराहामा पन्च ईभीको टेस्ट ड्राइभ उपलब्ध गराएको छ ।

टेस्ट ड्राइभ कार्यक्रममा डिलरसँगै सिप्रदीको प्यासेन्जर भेहिकलको व्यवस्थापन टिम, टाटा मोटर्स भारतको प्रतिनिधिहरू र सर्भिस टिमको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

नाडा अटो–शोमा लन्च गर्न लागिएको पन्च इभी नेपालको बहुप्रतीक्षित गाडी भएको कम्पनीको भनाइ छ । सबै सहभागीहरुबाट पन्च ईभीलाई देखेर उत्साहित प्रतिक्रिया आएको कम्पनीले जनाएको छ ।

पन्च ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरु छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको बताइएको छ ।


क्लिकमान्डु