महालेखा परीक्षकको ६१औं प्रतिवेदन राष्ट्रिय सभामा पेस



काठमाडौं । राष्ट्रिय सभामा महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा सरकारले वार्षिक प्रतिवेदन, २०८१ पेस गरेको हो । सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन-२०८१ सभासमक्ष पेस गरेका हुन‍् ।

यसैबीच सभाको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ सभा समक्ष पेस गरेका थिए ।

बैठकमा राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गराए । राष्ट्रिय सभाको अर्को बैठक भदौ २ गते आइतबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।


क्लिकमान्डु