शेख हसिनाका सल्लाहकार र कानुन मन्त्रीलाई १० दिन थुनामा राख्न अदालतको अनुमति



तस्बिर: गेट्टी इमेज

एजेन्सी । बंगलादेशका पूर्वकानुन मन्त्री र पूर्वप्रधानमन्त्री शेख हसिनाका सल्लाहकारलाई १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

बंगलादेशका पूर्वकानुन मन्त्री अनीसुल हक र पूर्वप्रधानमन्त्री हसिनाका निजी उद्योग र लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ ।

दुबैलाई ढाकाको न्यू मार्केट एरियाका एक व्यापारी शाहजहाँ अलीको हत्याको आरोपमा बुधवार चीफ मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो ।

अदालतले प्रहरीले मागे अनुसार १० दिनको पुलिस रिमाण्डमा पठाउन आदेश दिएको हो ।


क्लिकमान्डु