नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिस्री भेटघाटमा व्यस्त, को कोसँग भेटे ?



काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा रहेका छन् । उनले सोमबार बिहान उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा पुगेर सचिव मिश्रले उपप्रधानमन्त्री सिंहसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध, शहरी विकास निर्माणमा सहकार्य सम्बन्ध लगायत सम्बन्धमा छलफल भएको थियो । आज नै अर्थमन्त्रालयमा पुगेर मिश्रीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा आर्थिक तथा विकास सहायता, चालु आयोजनाको तिब्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको छ । त्यस्तै सिंहदरबारमै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकसँग पनि छलफल गरेका छन् ।

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टा छुट्टै भेटवार्ता गरेका छन् ।


क्लिकमान्डु