लाइफगार्ड अस्पतालको आईसीयूमा एसीबाट आगो सल्किएपछि…



विराटनगर । विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी भएको छ । विराटनगर–५ स्थित अस्पतालमा विद्युत सर्ट भएर आगलागी भएको हो ।

आगोले अस्पतालको आईसीयू कक्षमा क्षती पुर्‍याएको छ । ८ बेडको अस्पतालको आईसीय कक्षमा आइतबार अपरान्ह एसीबाट विद्युत सर्ट भएर आगजनी भएको अस्पतालका सञ्चालक डा. कैलाश श्रेष्ठले बताए ।

अस्पतालको आईसीयू कक्षमा आइतबार कोही पनि बिरामी थिएनन् । त्यसैले मानवीय क्षती हुनबाट जोगिएको छ । आगजनी हुँदा अन्य यूनिटका बिरामी र कुरुवाको भागाभाग मच्चिएको थियो ।

डा. श्रेष्ठले भने, ‘आगजनीबाट आईसीयू कक्षका सम्पुर्ण उपकरण जलेर नष्ट हुँदा करिब दुई करोडको नोक्सानी भएको छ ।’ आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको उनले बताए ।


क्लिकमान्डु