२९ प्रतिशत बोनस सेयर दिएर शिखर इन्स्योरेन्सले पुर्यायो १ अर्ब पुँजी



काठमाडौं । बीमा समितिले तोकेको १ अर्ब चुक्ता पुँजी पुर्याउनेमा निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्स पहिलो भएको छ ।

शिखर इन्स्यारेन्सले लगानीकर्तालाई २९ प्रतिशत बोनस सेयर दिने भएको हो । इन्स्योरेन्सले लगानीकर्तालाई कर प्रयोजनको लागि १.५२ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

अहिले शिखरको चुक्ता पुँजी ८१ करोड ५८ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि शिखरको चुक्ता पुँजी १ अर्ब ४ करोडभन्दा बढी हुने छ ।

निर्जीवन बीमा कम्पनीहरुले यो आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब पुर्याउनुपर्ने छ ।

निर्जीवन बीमा कम्पनीमा १ अर्ब पुर्याउने पहिलो कम्पनी शिखर भएको हो ।

निर्जीवन बीमा कम्पनीमा चुक्ता पुँजी तथा बीमा शुल्क आर्जन तथा नाफाको आधारमा शिखर पहिलो स्थानमा रहेको छ ।


क्लिकमान्डु