२० मिनेटमा स्याफ्रुबेसी पुग्नुपर्ने हेलिकप्टर १ घण्टासम्म सम्पर्कमा नहुँदा विमानस्थलको वेवास्ता



काठमाडौं । एयर डाइनेस्टि हेलिकप्टर दुर्घटनामा परेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर आगो लागेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

कलसाइन ९एनएजेडी भएको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार १ बजेर ४५ मिनेटमा रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।

काठमाडौंबाट उडान भरेको २० मिनेटमा स्याफ्रुबेसी पुग्ने भए पनि करिब १ घण्टासम्म गन्तव्यमा नपुगे पछिमात्र हेलिकप्टरको खोजी भएको थियो ।

‘२० मिनेटमा स्याफ्रुबसी पुग्नु पर्ने भए पनि हेलिकप्टर उडेको करिब १ घण्टासम्म पनि विमानस्थलबाट सम्पर्क भएको देखिएको छैन,’स्रोतले भन्यो,’टावरसँग नियमित सम्पर्क हुनु पर्ने हेलि सम्पर्क विहीन हुँदा समेत चासो नदिएको देखियो ।’
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा ४ चिनियाँ नागरिक यात्रु थिए ।


क्लिकमान्डु