एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटना हुँदा आगो लाग्यो, ४ चिनियाँ यात्रु लिएर जाँदै थियो स्याफ्रुबेसी



काठमाडौं । एयर डाइनेस्टीको हेलिकटर दुर्घटनामा परेको छ ।

शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर आगो लागेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

‘सूर्यचौरको डाँडामा आगोलागेको र हेलिकप्टर वरपर केही व्यक्ति देखिएको स्थानीयबाट सूचना आएको छ’ उनले भने, ‘त्यसक्षेत्रमा खोजी कार्य र उद्धारका लागि जिल्ला प्रहरीको टोली तैनाथ भएको छ ।’

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा ४ चिनियाँ नागरिक यात्रु थिए । हेलिकोप्टर रसुवाको स्याफ्रुबेसी जान लागेको जनाइएको छ ।


क्लिकमान्डु