५ जना सवार एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन



फाइल फोटो

काठमाडौं । एयर डाइनेस्टि हेलिकप्टर काठमाडौं शिवपुरीबाट सम्पर्कविही भएको छ । कलसाइन ९एनएजेडी भएको हेलिकप्टर बुधबार १ बजेर ४५ मिनेटमा रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।

उक्त हेलिकप्टर सम्पर्कविहीन भएको विमानस्थल कार्यालयले जनाएको छ । नुवाकोटको सूर्यचौरतर्फबाट हेलिकप्टर सम्पर्कविहीन भएको जनाइएको छ ।

हेलिकप्टरमा ४ जना यात्रु र एक जना चालक रहेका छन् । घटनाको थप विवरण आउँदै छ ।


राजु बास्कोटा